संजय कुशवाहा
२५ माघ, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाँउपालिका वडा नं. २ महलबारी स्थित आस्थाको मेला मदार बाबा मेला शुक्रबार देखि शुरु भएको छ ।
मदरिया पहाडमा हिन्दु मुस्लिम दुबैको आस्थाका साझा केन्द्रको रूपमा विकसित भएको मदारबाबा मेला यस वर्ष माघ २७ गते देखि शुरू हुदैँछ । आयोजक कमिटीले मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
Advertisement
मेलामा आउने श्रद्धालुका लागि खानेपानी, विरामीका लागि निशुल्क उपचार शिविर, राति बस्नेलाई बास, शौचालय साथै सुरक्षाका लागि व्यवस्था मिलाइएको हो ।
मदार बाबा मेलामा भर्नाको लागि काठमाडौँ, पोखरा, पाल्पा, चितवन, रूपन्देही, कपिलवस्तु, नवलपरासी लगाएत भारतको दिल्ली, मुम्बइ, बिहार, बंगाल लगायतको विभिन्न स्थानहरूबाट मेलामा करिब १८ लाख भन्दा बढी भक्तजनहरू आउने अनुमान गरिएको छ । मौसम अनुकुल भएकोले विगत वर्षहरूको अनुभवको आधारमा यस वर्ष अझ बढी श्रद्धालु आउने विश्वास गरिएको मेला आयोजक कमिटिका अध्यक्ष लालमोहम्मद अन्सारीले बताए ।
Advertisement
मदारबाबाको वास्तीक नाम हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हो । यो मेला मुस्लिम मान्यता अनुसार महान ऋषि वदिउद्दिन शाहको ६०६ औं वार्षिकीको रूपमा मनाइदैँछ ।
यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दुको मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल, दुःख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुको भाकल पुरा हुने र सन्तान नहुने दम्पती सान्तान पाउने तथा दुखियाको दुखहरण हुने धार्मिक मुल्य मान्यता र विश्वास भएको मदार बाबाका मठाधिश बाबा अमिरूल्लाह अन्सारीले बताए ।
Advertisement
श्रद्धाको यस केन्द्रमा ४ वटा महत्वपुणर् स्थान रहेको बताइएको छ । महलबारीमा मस्जिद रहेको छ भने यसबाट अगाडि बढदै जादा गुद्दरबाबा , चावलधोइल, नाकदर्वा र उच्च पहाडमा मदारबाबा स्थान रहेका छन । पहाडमा रहेको मदारबाबा स्थानमा पुग्न जो कोही आतुर रहेको पाइन्छ । महलबारी मस्जिदबाट ९ किलोमिटर पहाड माथि मदारिया डाँडामा अवस्थित छ । मदारबाबा संग आस्था राख्ने मुस्लिम, हिन्दु, बौद्धिष्ट, क्रिश्चियन लगायत विभिन्न समुदायका त्रिर्थालूहरुको यहाँ भिडभाड लाग्ने गरेको छ । मदारबाबाको मुख्य स्थल मजारमा पुग्न निकै कठिनाई हुने गर्छ तर पनि ५ देखि ६ घण्टासम्म पहाड चढेर मुख्य स्थलमा पुगेर आफनो दुःख तथा मनोकामना बाबालाई सुनाउने गरेका छन् ।
मदार बाबा स्थलमा हिन्दु मुस्लिम दुबै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ एकै स्थानमा पुजापाठ गर्ने संसारकै दुर्लभ स्थान रहेको हुनसक्ने अनुमान समेत गरिदै आएको मठाधिश बाबा अन्सारीले बताए ।
Advertisement
मदार बाबा मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा सुरक्षा व्यवस्था मिलाउनका लागि सुरक्षा कर्मी, स्वयंसेवक, निशुल्क स्वास्थ्य शिविर, सार्वजनिक शौचालय निर्माण लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था मिलाउने मेला कमिटीले जनाएको छ ।
मेलामा व्यापारीहरूको व्यापक उपस्थिती रहेको छ । व्यावसायीहरू मेलामा राम्रो आम्दानी गर्नसक्ने भएकाले मेला शुरू हुनु एक हप्ता अगावै महलवारीमा आइ पुगेका छन् । अस्थायी पसलका लागि घरटहरा धमाधम निर्माण गरिन थालिएको छ ।
टिप्पणीहरू