Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

    १९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । बुधबार उक्त पार्टी विरुद्ध उजुरी दर्ता भएको आयोगले जनाएको हो ।

    रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग सहित युवराज पौडेल (सफल)ले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता भङ्ग भएको र उक्त गतिविधि राष्ट्रिय हितविपरीत भएको बताउदै पौडेलले दलको दर्ता खारेजी गर्न माग गरेका हुन् ।

    Advertisement

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलले राष्ट्रिय गोपनीयता भङ्ग गर्ने, नेपालको सुरक्षामा आँच पु-याउने गरी कुनै विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्ने लगायतको कार्य गर्न बन्देज लगाएको छ ।

    सोही ऐनको दफा १२ ले राष्ट्रिय गोपनीयता भङ्ग गर्ने, सुरक्षामा आँच पु-याउने गरी विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्ने लगायतका कार्य गरेमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ ।

    Advertisement

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल खारेजको माग उठेपछि त्यस सम्बन्धमा आयोगले आवश्यक छलफल गर्ने बताए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवारी दिँदा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेको उजुरीमा उल्लेख छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ १३ गते लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया नथालेको भन्दै पुरानो नागरिकतालाई अवैध ठहर गरेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »