Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा भोजपुरीका सुपर स्टार खेसारी-२ को दमदार प्रस्तुति 

    १९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) सहितको टोलिले नेपालगञ्जमा दमदार प्रस्तुति राखेका छन ।

    नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज अन्तरराष्ट्रिय एवं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

    Advertisement

    खेसारी-२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम आर्गनाईजर मनोज भास्कर, एक्टर बिक्की जयसवाल, गायक गौरब मिश्राले बेजोड प्रस्तुति राखेका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा अझै ५ दिन सम्म जारी रह्ने महोत्सवमा आज एमउबी.एम.पी म्पूजिकको दमदार प्रस्तुति रहेको थियो भने मोडल नेहा राज, मुस्कान जानू, चाहत जी, पायलले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन । उनीहरुको २४ जनाको टोलि नेपालगञ्जमा आएको थियो । एक्टर जयसवालका अनुसार उनीहरुको टोलि आजै भारत फर्किने र भोलि कोलकत्तामा एक कार्यक्रममा सहभागी हुनेछन ।

    Advertisement

    यस्तै, आज गायिका उमादेवी खनाल, डान्सर बबिता धिताल, स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रहेको थियो ।

    यस बाहेक दर्शको थप मनोरञ्जनका लागि दैनिक लुम्बिनी प्रदेश स्तरिय नृत्य प्रतियोगिता समेत भईरहेको छ । जस मध्ये १२ जना आज निर्णायकमा परेका आयोजकले जनाएको छ ।

    Advertisement

    महोत्सवमा आज एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहेका थियो । आज कार्यक्रम प्रेरणा गिरीले उद्धोषण गरेकी थिईन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »