Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज चर्चित भोजपुरी गायक राजा भोजपुरिया सहित यी कलाकार आउदै

    १५ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज आइतबार चर्चित ख्याती प्राप्त भोजपुरी गायक राजा भोजपुरिया लगायतका कलाकार आउँदैछन ।

    नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको छैठौं दिन अर्थात माघ १५ गते भोजपुरी गायक राजा भोजपुरिया, गायिका रचना रिमाल, गायक शुकदेव अधिकारी आउन लागेको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

    Advertisement

    स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रमलाई उद्घोषिका प्रेरणा गिरीले संचालन गर्ने कार्यक्रम तय भएको छ ।

    महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता शनिवार देखि संचालन भएको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेल बताए । यो कुस्ती प्रतियोगिता माघ १८ गते सम्म जारी रह्नेछ । पहिलो पटक प्रत्यक्ष कुस्ती हेर्न पाउँदा दर्शक निकै उत्साहित देखिएका छन ।

    Advertisement

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »