Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नौबस्तामा निर्माणधिन औद्योगिक क्षेत्रलाई चाडै सम्पन्न गर्न पुलको काम गर्छु : मन्त्री ‘नमुना’

    ११ माघ, बाँके । लुम्बिनी प्रदेश मन्त्री कष्णा केसी (नमुना)ले बाँकेको कोहलपुर स्थित नौबस्तामा निर्माणधिन प्रक्रियामा रहेको औद्योगिक क्षेत्रका बिषयमा आफुले प्रदेश सरकारको तर्फबाट संघीय सरकार संग समन्वय गरेर पुलको काम गर्ने बताएकी छन ।

    नेपागञ्ज स्थित सडक डिभिजन कार्यालय परिसरमा संचालनमा रहेको चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको उद्धघाटन समारोहमा सम्बोधन गर्दै सरकारले केही औद्योगिक क्षेत्र, कालकारखानाहरु स्थापना गरेको छ भने केही स्थापना हुने प्रक्रियामा रहेको बताएकी छन ।

    Advertisement

    सम्बोधन गर्दै उनले भनिन्, ‘हामीले स्थापना नगरेको पनि हैन राज्यले, स्थापना केही गरिएका छन । केही स्थापित गर्ने क्रममा छन । यो कुरालाई पनि दिगो डंगले निरन्तर लग्न निम्ती निजी क्षेत्र र यसमा सरोकार राख्ने सम्पुर्ण महानुभावहरुलाई यसमा एकयवद्धता र समन्वय गर्न निम्ती पनि म अनुरोध गर्न चाहन्छु ।’

    उनले आफुहरु संग नेपालगञ्जमा औद्यौगिक क्षेत्र रहेको बताउदै कोहलपुर सम्म पुग्दा औद्योगिक हबको रुपमा बिकास भईरहेको बताएकी छन ।
    यस्तै उनले बाँकेको निर्वाचन क्षेत्र नं. ३ (क)मा नौबस्ता स्थित २ सय २० बिगाह जंगलमा औद्योगिक क्षेत्र स्थापना हुने प्रक्रियामा रहेको बताईन ।

    Advertisement

    उनले भनिन, ‘त्यहाँ केही समस्या आएका छन र त्यो समस्यालाई समाधान गर्न निम्ती केन्द्रिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार र त्यसमा सरोकार राख्ने महानुभावहरुको खाचो छ ।’

    उनले त्यत्ति जग्गाले नपुग्ने ५ सय बिगाह जग्गाको कुरा समेत आएको जिकिर गर्दै भनिन्, ‘ठूलो बिकसित रुपमा त्यो औद्यौगिक क्षेत्रलाई स्थापना गर्ने र त्यसको भुगोल सकेसम्म ५ सय गराउने, यदि भएन भनेपनि ३ सय २० जेजत्ति हुन्छ त्यसलाई बढाएर स्थापना गर्ने र व्यवस्थापन गर्ने कुरा राखिरहेका छौं ।’

    Advertisement

    उनले यो भन्दा अगाडि धेरै समन्वय गरेको बताउदै उक्त बस्तीमा लोमो समय देखि बसोबास गर्दै आएका स्थानियवासीहरु र उनीहरुको व्यवस्थापन राज्यले कुनै नकुनै ठाँउमा गर्नुपर्ने राज्यसंग राखिराखेको बताईन । उनले एउटा घरवास र रोजगारीको विषयमा दुईवटै व्यवस्थित गरेर राज्यले एक ठाँउमा राखेर नौबस्तामा प्रक्रियामा रहेको निर्माणधिन औद्योगिक क्षेत्रलाई चाडै सम्पन्न गर्न आफुले प्रदेश सरकारको तर्फबाट संघीय सरकारसंग समन्वय गरेर पुलको काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छन ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा नेपालगञ्जमा माघ २४ गतेसम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »