Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जको कारकादो नजिकै महोत्सवको सचिवालय स्थापना

    ४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारीका लागि सम्र्पक सचिवालय स्थापना गरिएको छ ।

    महोत्सवको तयारी तीब्र रुपमा अगाडी बढेसंगै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित कारकादो नजिकै सचिवालय स्थापना गरिएको हो । सचिवालय कारकादो स्थित रहेको माछापुच्छे्र बैंकको पारीपट्टी सचिवालय राखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले जानकारी दिए ।

    Advertisement

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.लि. को सहआयोजनामा यहीँ माघ १० गते देखि २४ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय कारकादोको परिसरमा ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ हुन लागेको हो ।

    ‘समृद्ध नेपालको प्रमुख आधार कृर्षि, उद्योग, पर्यटन संस्कृति र व्यापार प्रवद्धनका साथ नागरिक स्वरोजगार’ भन्ने मुल नाराका साथ उक्त महोत्सव आयोजना हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले जानकारी दिईन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »