२२ चैत्र, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ आज हुँदैछ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओली र लेखकका तर्फबाट चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो ।
Advertisement
उक्त बन्दीप्रत्यक्षीकरणको निवेदनमा पहिलो पटक चैत १६ गते भएको सुनुवाइमा सरकारका नाममा कारण देखाउ आदेश भएको थियो ।
सोही आदेशपछि सरकारका तर्फबाट लिखित जवाफ पेस भएसँगै आज सुनुवाइ हुन लागेको हो ।


















टिप्पणीहरू