२० चैत्र, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजे लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपैयाँ वृद्धि गरेको जनाएको छ ।
मूल्य वृद्धिपछि विभिन्न वर्गअनुसार पेट्रोलको मूल्य अधिकतम करिब २०२ रुपैयाँ प्रतिलिटर र डिजेल/मट्टितेलको मूल्य १८२ रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ।
Advertisement
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।


















टिप्पणीहरू