१९ चैत्र, काठमाडौँ । ज्यान सम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले ओलीलाई थप दुई हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएको बुझिएको छ ।
Advertisement
गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी गत शनिबार पक्राउ परेका ओलीको बिहीबारदेखि बयान लिन थालिएको छ।
यस्तै, नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध जारी अनुसन्धानका लागि म्याद थप गरिएको छ ।
Advertisement
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले लेखकलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएको हो ।



















टिप्पणीहरू