Close sidebar
  • ताजा
  • लोकप्रिय
  • श्रमिक अभिमुखीकरण तालिमका लागि तोकिएकोभन्दा धेरै शुल्क नलिन चेतावनी

    १८ चैत्र, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिमका लागि तोकिएकोभन्दा धेरै शुल्क नलिन सेवा प्रदायक संस्थालाई सचेत गराएको छ ।

    वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना जारी गर्दै तोकिएकोभन्दा धेरै शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने चेतावनी समेत दिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ मा प्रतिप्रशिक्षार्थी शुल्क ७०० रुपैयाँ मात्र तोकिएको विभागले स्मरण गराएको छ ।

    Advertisement

    विभाग अनुसार पटक पटक गुनासो प्राप्त भएको र विज्ञप्ति मार्फत शुल्क सम्बन्धि स्पष्ट पार्दै आएको छ ।

    केही संस्थाहरूले तोकिएकोभन्दा धेरै शुल्क लिइरहेको गुनासो आएको भन्दै कार्यविधि विपरीत बढी शुल्क लिएको कहीँ कतैबाट जानकारी पाएमा वा गुनासो भएमा विभागमा उजुरी गर्न पनि आग्रह गरेको छ ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »