Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

    ६ चैत्र, काठमाडौँ । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद् सचिवालयले आज सूचना जारी गर्दै नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने जनाएको हो ।

    सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।

    Advertisement

    साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ ।

    नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सांसदहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची – ३ को ढाँचाको शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रमभन्दा तीन दिनअगावै संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा सो शाखाको इमेलमा उपलब्ध गराउन पनि सचिवालयले अनुरोध गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »