४ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्जमा प्रथम पटक तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बाँकेमा रहेको आदर्श तेक्वान्दो दोजाङ्ग नेपालगञ्जले प्रतियोगिता आयोजना गर्न लागेको छ ।
विगत लामो समयदेखि यस औद्योगिक नगरी नेपालगञ्जमा आजसम्म कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता सञ्चालन नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता गराउने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागेको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिए ।
Advertisement
लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा विगत २०४५ सालदेखि निरन्तर तेक्वान्दो खेलको प्रशिक्षण भईरहेको जानकारी गराउँदै विभिन्न समयमा तेक्वान्दो खेलाडीहरुले बाँके जिल्ला र नेपालगञ्जको नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत राख्न सफल भएको उनले जानकारी दिए ।
तेक्वान्दो खेलको उद्देश्य प्रत्येक युवा नागरिक अनुशासित, सभ्य, राष्ट्रप्रेमी र स्वस्थ रहेमा मात्र आफ्नो ठाउँ तथा जिल्ला र देशको परिवर्तनमा सहभागी हुन रहेको पनि प्रशिक्षक समेत रहेका श्रेष्ठले बताए ।
Advertisement
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद“ भन्ने गरिन्छ,’ श्रेष्ठले भने, ‘यसको मुलमन्त्र पनि सबै संस्थाले पालना गर्नुपर्छ ।’ श्रेष्ठका अनुसार यही फाल्गुनको ८ र ९ गते नेपालगञ्ज रंगशालामा सो प्रतियोगिताको हुने भएको छ ।
प्रतियोगिताका लागि निजी क्षेत्रसंग सहकार्य गरिएको छ । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुनेलाई मेडल प्रमाणपत्र र नगद पनि प्रदान गरिने आयोजकले जनाएको छ ।


















टिप्पणीहरू