Close sidebar
  • ताजा
  • लोकप्रिय
  • उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन

    काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन

    २७ माघ, बाँके । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्राप्त उपलब्धि जोगाउन काँग्रेसको विकल्प नरहेको बताएका छन्। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति बाँकेले मंगलबार नेपालगञ्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले देशको व्यवस्था नै रहने–नरहने अन्यौलता सिर्जना भएको टिप्पणी गरे। उनले यस्तो संकटपूर्ण अवस्थामा काँग्रेसलाई जिताएमात्रै उपलब्धिहरुको संस्थागत गर्न सकिने उल्लेख गरे ।

    बाँके क्षेत्र नं.३ का उम्मेदवार समेत रहेका पुनले वर्तमान राजनीतिक परिस्थिति संवेदनशील मोडमा पुगेको भन्दै लोकतान्त्रिक उपलब्धिहरुको संरक्षण अहिलेको मुख्य चुनौती रहेको धारणा राखे। “सिंगो देश अहिले संकटमा छ, व्यवस्था नै रहने–नरहने अन्यौलता छ,” उनले भने, “यस्तो अवस्थामा प्राप्त उपलब्धिहरु जोगाउन काँग्रेसको विकल्प छैन।”

    Advertisement

    पुनले पछिल्लो समय उठिरहेका सामाजिक तथा राजनीतिक आन्दोलनप्रति संकेत गर्दै ‘जेनजी आन्दोलन’ले उठाएका मागहरु काँग्रेसकै पहलमा सम्बोधन हुँदै आएको दाबी गरे। काँग्रेस समयअनुसार परिवर्तन हुँदै देश रूपान्तरणको अभियानमा सक्रिय रहेको उनको भनाइ थियो।

    उनले पार्टीलाई परिवर्तनको संवाहक शक्तिका रूपमा प्रस्तुत गर्दै कार्यकर्तालाई आगामी निर्वाचनमा अझ एकजुट भएर लाग्न आग्रह गरे। बाँके ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको स्मरण गराउँदै पुनले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सपना पूरा गर्ने दायित्व आफूले लिएको बताए।

    Advertisement

    “यो सुशील कोइरालाको गृह जिल्ला हो। उहाँको सपना अधुरो छ। त्यो पूरा गर्ने जिम्मेवारी मेरो हो,” उनले भने, “कोइरालाले अधुरो छाडेका काम पूरा गर्न म प्रतिबद्ध छु।”

    पुनले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई लोकतन्त्र सुदृढ गर्ने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई इमान्दारिता, समर्पण र एकताका साथ चुनावी अभियानमा जुट्न आह्वान गरे। कार्यकर्ताको सक्रियता र जनतासँगको सम्बन्ध नै निर्वाचन जित्ने मुख्य आधार हुने उनको विश्वास थियो।

    Advertisement

    भेलामा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्बिनी प्रदेशका उपसभापति तथा निर्वाचन परिचालन प्रचार–प्रसार मूल समितिका संयोजक राजु खनालले पनि सम्बोधन गरेका थिए। त्यसैगरी, काँग्रेस बाँकेका सभापति तथा क्षेत्र नं.१ का उम्मेदवार नारायण प्रसाद गौडेल र सचिव तथा क्षेत्र नं.२ का उम्मेदवार सुधान्शु कोइरालाले पनि कार्यकर्तालाई निर्वाचन केन्द्रित अभियानमा सक्रिय हुन आग्रह गरे।

    कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सञ्जु कुमारी थारुले सञ्चालन गरेकी थिइन्। भेलामा जिल्लाभरका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »