Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नवलपरासीमा ऐतिहासिक मदार बाबा मेलाको तयारी तिब्र

    संजय कुशवाहा
    १९ माघ, नवलपरासी । नवलपरासी पुर्व बिनई त्रिवेणी गाउँपालिका वडा नं. ६ परसैहिया स्थित आस्थाको मदार बाबा मेला मदरिया पहाड मेलाको तयारी तिब्र रुपमा अगाडी बढाइएको छ ।

    हिन्दु मुस्लिम दुबैको आस्थाका साझा केन्द्रको रूपमा विकसित भएको मदारबाबा मेला यस वर्ष माघ २४ गते देखी शुरू हुने भएको छ । मेलाको आयोजक मदार बाबा मजार सरक्षण कमिटीले मेलाको तयारी तिब्र रूपले भई रहेको जनाएको छ ।

    Advertisement

    मेलामा आउने श्रद्धालुका लागि खानेपानी, विरामीका लागि निःशुल्क उपचार शिविर, राति बस्नेलाई बास, शौचालय साथै सुरक्षाका लागि चुस्तदुरूस्त व्यवस्था मिलाइएको आयोजक कमिटिका अध्यक्ष जमालुदिन मिंयाले बताएका छन् ।

    मदार बाबा मेलामा भर्नाको लागि नेपालका काठमाडौँ, पोखरा, पाल्पा, चितवन, रूपन्देही, कपिलवस्तु, नवलपरासी लगायत भारतको दिल्ली, मुम्बइ, बिहार, बंगाल लगायतको विभिन्न स्थानहरूबाट मेलामा आउने भक्तजन अनुमान गरिएको छ ।

    Advertisement

    मौसम पनि अनुकुल भएको हुनाले विगत वर्षहरूको अनुभवको आधारमा यस वर्ष अझ बढी श्रद्धालु आउने विश्वास गरिएको आयोजक कमिटिका अध्यक्ष मियाँले बताए ।

    यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दुको मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल, दुःख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुको भाकल तथा मनोकामना पुरा हुने र सन्तान नहुने दम्पत्ती सान्तान पाउने तथा दुखियाको दुखहरण हुने धार्मिक मुल्य मान्यता र विश्वास भएको मदार बाबाका हजरत मौलाना गद्दीनशीन (मठाधिश) बाबा अमिरूल्लाह अन्सारीले बताए ।

    Advertisement

    श्रद्धाको यस केन्द्रमा ४ वटा महत्वपुर्ण स्थान रहेको बताइएको छ । महलबारीमा मस्जिद रहेको छ भने यसबाट अगाडि बढदै जादा गुद्दरबाबा, चावलधोइल, नाकदर्वा र उच्च पहाडमा मदारबाबा स्थान रहेका छन् । मदारबाबाको मुख्य स्थल मजारमा पुग्न निकै कठिनाई हुने गर्छ तर पनि ५ देखि ६ घण्टासम्म पहाड चढेर मुख्य स्थलमा पुगी आफनो दुःख तथा मनोकामना बाबालाई सुनाउने गरेका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    113

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »