Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज शहीद दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै

    lagatar nepal

    १६ माघ, काठमाडौँ । नेपालमा माघ १६ गतेका दिनलाई “शहीद दिवस” को रूपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष माघ १० गते देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन माघ १६ गते विशेष रूपमा शहीद दिवस मनाउने गरिन्छ ।

    सम्पूर्ण व्यक्तिहरू जसले देशका लागि आफ्नो प्राणको आहुति दिने कार्य गरेका थिए उहाँहरूनै नेपालका शहीदहरू हुन। शहीद भन्ने शब्दले ती अमर मानिसहरूलाई जनाउँदछ जसले जनताको विभिन्न अधिकार, देश, संस्कृति र अस्तित्वको रक्षा गर्न र हरेक देशभक्त नागरिकको मन–मस्तिष्कमा सधैँ रहने गरी स्वतन्त्रताका लागि आफ्नो बलिदान दिए ।

    Advertisement

    विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

    यस दिन नेपालमा विभिन्न समयमा भएका विभिन्न आन्दोलन लगायत नेपालमा नयाँ शासन व्यवस्था ल्याउन देशका लागी आफ्नो प्राणको बलिदान दिने ज्ञात र अज्ञात सबै शहीदहरूलाई उहाँहरू गरेको बलिदानको सम्झना स्वरूप माघ १६ शहीद दिवस को रूपमा मनाउने गरिन्छ।

    Advertisement

    नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

    राणा शासन विरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

    Advertisement

    स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    6

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »