Close sidebar
  • ताजा
  • लोकप्रिय
  • तराई भूभागमा हुस्सु

    ९ पुष, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    अहिले तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

    Advertisement

    आज दिउँसो र राति पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ । तराई भूभागमा हुस्सु तथा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    0

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »