Close sidebar
  • ताजा
  • लोकप्रिय
  • महेन्द्र मा.वि.मटेहियाले उचाल्यो सातौं नरैनापुर रनिङ शिल्डको उपाधी

    ८ पुष, बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा गत ६ पुषबाट जारी सातौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि. मटेडियाले हात पारेको छ ।

    यस्तै, आदर्श मा.वि. लक्ष्मणपुर द्वितीय र ने.रा.मा.वि. जमुनी तृतीय स्थान हासिल गरेको छ ।

    Advertisement

    महेन्द्र मा.वि.ले १४ वटा स्वर्ण पदक, ८ वटा रजत पदक र १ वटा कास्य पदक प्राप्त गरेको छ भने कुल अंक ५९ रहेको छ ।

    Advertisement

    आदर्श मा.वि.ले ७ वटा स्वर्ण पदक, ८ वटा रजत पदक र १२ वटा कास्य पदक प्राप्त गरेको छ । कुल अंक ४९ रहेको छ ।

     

    Advertisement

    यस्तै, ने.रा.मा.वि.ले ६ वटा स्वर्ण पदक, १० वटा रजत पदक र ६ वटा कास्य पदक सहित ४४ अंक प्राप्त गरी तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको हो ।

    Advertisement

    आधारभूत तर्फ पनि महेन्द्र मा.वि. प्रथम भएको छ भने ने.रा.मा.वि. जमुनी द्वितीय र आदर्श मा.वि. तृतीय स्थान हासिल गरेका छन् ।

    २०७६ साल देखि निरन्तर सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता यस वर्ष पनि नरैनापुर गाँउपालिका अर्न्तगत शिक्षा शाखाको आयोजना र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वडा नं. ३ शंकरनगरकोटिया, नरैनापुरको सह–आयोजनामा सञ्चालन भएको हो ।

    १० लाख बजेटमा सम्पन्न भएको प्रतियोगितामा नरैनापुर गाँउपालिका अर्न्तगत सञ्चालनमा रहेका अधारभूत तह कक्षा ८ सम्मका ६ वटा विद्यालय, एक वटा मदरसा र ४ वटा माध्यमिक विद्यालय गरी जम्म ११ वटा विद्यालय सहभागिता जनाएका थिए ।

    माध्यमिक तह तर्फ प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को ५औं संशोधन बमोजिम ४ वटा माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

    प्रतियोगितमा प्रथम भएका विद्यार्थीलाई ट्रय्‌क सूट, प्रमाणपत्र र मेडल सहित सम्मान गरिएको छ । यस्तै, द्वितीयलाई स्कूल ब्याग, प्रमाणपत्र र मेडल र तृतीय स्थान हासिल गरेकालाई स्कूल ड्रेस, मेडल र प्रमाणपत्र उपलब्ध गराइएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    0

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »