२४ मंसिर, बाँके । बाँकेको नेपालगञ्जबाट लागूऔषध सहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाह माछा मण्डी नजिकै प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
Advertisement
सूचना अधिकारी एवं प्रहरी निरीक्षक रमेश विष्टका अनुसार चेकजाँच गर्ने क्रममा भारतको उत्तर प्रदेश नानपारा २२ वर्षिय थरुवा अहमद र बहराइचका २५ वर्षिय तोहिद खानलाई खानतलासी गर्दा उनीहरुको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो ।
उक्त वस्तु तौल गर्दा ३७ ग्राम ४८० मिलिग्राम रहेको निरीक्षक विष्टले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कानूनी प्रक्रिया बढाउनुका साथै थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको हो ।

















टिप्पणीहरू