२३ कार्तिक, काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ ।
मधेश प्रदेशप्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सोनलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेशप्रमुखले स्वीकृत गरेको उल्लेख छ ।
Advertisement
नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी गराए ।

















टिप्पणीहरू