१७ कार्तिक, काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, खानेपानी र सिँचाइ मन्त्रालय सहित तीनवटा जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले राजीनामा दिएर नयाँ राजनीतिक दल खोल्ने भनाइ अस्वीकार गरेका छन्।
राजनीतिमा प्रवेश गर्न राजीनामा दिने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारबारे उनले सोमबार फेसबुक मार्फत स्पष्टीकरण दिएका हुन्।
Advertisement
उनले भनेका छन्, ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु ।’
उनले भने, ‘तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’


















टिप्पणीहरू