१४ कार्तिक, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निजी क्षेत्रको सुरक्षाका लागि समन्वय गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।
भदौ २३ र २४ गतेको आन्दोलन पछि निजी क्षेत्रमा बढ्दै गएको चिन्ताका कारण सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिएका हुन ।
Advertisement
प्रदर्शनका कारण भएको नोक्सानी र निजी क्षेत्रको अवस्थाको विषयमा आवश्यक छलफल र सुरक्षाको तयारी गर्न प्रजिअलाई गृहमन्त्रीले निर्देशन दिएका छन्।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा मार्फत गृहमन्त्री अर्यालले यस्तो पत्र पठाएका हुन्।
Advertisement
पत्रमा जिल्लास्तरीय उद्योग वाणिज्य संघलगायतका व्यावसायिक संगठनलाई सहभागी गराई जिल्ला सुरक्षा समितिको संयोजनमा बैठक गरी आवश्यक व्यवस्था मिलाउन भनिएको खबरहबले उल्लेख गरेको छ ।

















टिप्पणीहरू