३० असोज, काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।
आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले लगातार पाँचौँ जित हात पारेको छ । नेपालले बुधबार राति खेलिएको ‘सुपर–६’ चरणको खेलमा आयोजक ओमानलाई ३८ रनको फराकिलो अन्तरले हराएको हो ।
Advertisement
ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय १३ रनमात्र बनाएको थियो ।
टिप्पणीहरू