Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दियाद्वारा कृत्रिम घटना अभ्यास

    १ कात्तिक, बार्दिया । भारतको उत्तरप्रदेश संग जोडिएको बर्दियाको सिमा क्षेत्रमा विओपीले कृत्रिम घटना अभ्यास गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दियाको आयोजनामा लौकाहीमा कृत्रिम घटना अभ्यास गरिएको हो । चाडपर्वको समयमा हुन सक्ने आगलागीको घटना बारे शुक्रबार जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

    Advertisement

    बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख उपस्थितिमा सशस्त्र प्रहरी बलले विस्फिोटक पदार्थबाट हुन सक्ने घटना न्युनिकरण गर्न स्थानीय स्तरमा जनचेतनाका लागि अभ्यास गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपालले देशैभरी युनिटमा विपद पुर्वतयारी अन्तर्गत विपद संग सम्बन्धित नमूना अभ्यासहरु संचालन गर्दै आइरहेको छ ।

    Advertisement

    साथै तिहारको बेलामा सशस्त्र प्रहरी बलले जिल्लाको विभिन्न नाका हुँदै निकासी हुन सक्ने सम्भावना न्यूनिकरण गर्न पटकाजन्य पदार्थहरु प्रति सिमानामा कडाई गर्दै आएको छ ।

    Advertisement

    कार्यक्रममा प्रजिअ पौडेल, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाही, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बर्दियाका उपअनुसन्धान निर्देशक रमेशसिंह डागी सहितको उपस्थिती रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »