२३ असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र हमास दुवैले गाजाक्षेत्रमा जारी युद्ध रोकेर शान्ति स्थापनाका लागि सहमति गरेको जनाएका छन् ।
सहमतिअनुसार बन्दीको मुद्दामा आफ्नो शान्ति योजनाको पहिलो चरणलाई दुवै पक्षले स्वीकार गर्ने ट्रम्पले ट्रुथ सोसियलमा घोषणा गरेका छन् । उनले यसलाई ऐतिहासिक र अभूतपूर्व कदमका रूपमा व्याख्या गरेका छन् ।
Advertisement
“यसको अर्थ अब सबै बन्दीहरू चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेना सहमतिको रेखासम्म फिर्ता गर्नेछ,” ट्रम्पले बिहीबार बिहान आफ्नो ‘ट्रुथ सोसल’ मा लेखेका छन् ।
इजरायल र हमासबीच सोमबारदेखि इजिप्टमा वार्ता भइरहेको थियो । बुधबारको वार्तामा अमेरिकी बिशेष दुत र कतारी प्रधानमन्त्री सहितको सहभागिता थियो ।
Advertisement
अमेरिका, इजिप्ट र कतारका मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो ।
सम्झौताका मुख्य बुँदा:
Advertisement
- दुवै पक्षले सबै जीवित बन्दी चाँडै नै रिहा गर्ने।
- इजरायली सेनाले आफ्ना सैनिक सहमत सीमामा फिर्ता बोलाउने।
- युद्धविराम लागू हुने ।
- हमासबाट हुने बन्दीको रिहाइको बदलामा इजरायलले २५० जना आजीवन कैद सजाय भोगिरहेका र १,७०० गाजावासी कैदीलाई रिहा गर्ने ।
टिप्पणीहरू