१६ असोज, काठमाडौँ । बडादशैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट शुभसाइत र समृद्धिको प्रतीक रातो टीका र जमरा लगाएर पर्व मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत आज बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ ।
Advertisement
समितिले विजया दशमी आफैँमा शुभ दिन भएकाले सामान्य मानिसले टीका लगाउन साइत कुर्न नपर्ने समेत जनाएको छ । आज टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनु राम्रो मानिएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ ।
Advertisement
असत्यमाथि सत्य र आसुरीशक्ति माथि देवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी पर्व मनाउने गरिएको हो ।
टिप्पणीहरू