Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बंगलादेशलाई हराउँदै भारत एक खेल अगावै फाइनलमा

    ९ असोज, काठमाडौँ । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । एसीसी टी–ट्वान्टी एसिया कपको सुपर फोर अन्तर्गत बुधबार राति भएको खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो ।

    जितका लागि एक सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ दशलमव ३ ओभरमा एक सय २७ रनमा अल आउट भएको हो ।

    Advertisement

    दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रन बनाएको थियो ।

    आज पाकिस्तान र बंगलादेश भिड्दै छन् । उक्त खेलको विजेता सुपर फोरमा पुग्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »