Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ‘एमसीसी कम्प्याक्ट’ अन्तर्गतका परियोजना अबको तीन वर्षमा सम्पन्न गर्न अमेरिका प्रतिबद्ध

    Ministry of Finance

    २९ साउन, काठमाडौँ । अमेरिकी ‘मिलेनिअम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी)का कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले नेपालमा दुई वर्षअघि कार्यान्वयन सुरु भएको ‘एमसीसी कम्प्याक्ट’ अन्तर्गतका परियोजना अबको तीन वर्षमा सम्पन्न गर्न अमेरिका प्रतिबद्ध रहेको नेपाली अधिकारीहरूलाई बताएका छन्।

    ट्रम्प प्रशासनले सत्ता सम्हालेपछि उक्त अनुदानमा लगाइएको स्थगन फुकुवा भएको छ ।

    Advertisement

    नेपालको भ्रमण गरेका वाशिङ्टन डीसीस्थित एमसीसी मुख्यालयका उच्च अधिकारी विङ्गलले बुधवार अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दीपक खड्का र वनमन्त्री ऐन बहादुर शाहीसहित उच्च सरकारी अधिकारीहरू सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

    त्यस क्रममा उनले ट्रम्प प्रशासनले नेपालमा एमसीसीलाई निरन्तरता दिने निर्णय लिएको उल्लेख गर्दै यसको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको बताएको अधिकारीहरूले जनाएका छन्। बीबीसीमा खबर छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »