Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

    ४ साउन, काठमाडौँ । नेपाल मेडिकल कलेजले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरु माग गरेको हो ।

    प्रकाशित सूचना अनुसार कलेजले इलेक्ट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट समेत माग गरेको छ ।

    Advertisement

    कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ । माग गरिएका पदहरुमा उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन् । इमेल मार्फत व्यक्तिगत विवरण संकलन गरी सर्टलिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जनाएको हो ।

    विगत २५ वर्षदेखि नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा अनवरतरुपमा योगदान पुर्याउँदै आइरहेको कलेजले स्वास्थ्य क्षेत्रका नविनतम प्रविधिहरु भित्र्याउँदै सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिई रहेको छ ।

    Advertisement

    थप जानकारीका लागि हेर्नुहोस् सूचनाः

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »