२८ जेठ, धनुषा । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।
Advertisement
नीति तथा कार्यक्रम माथि प्रदेशसभामा दुई दिन छलफल भएको थियो ।
सभामुख रामचन्द्र मण्डलले ध्वनि मतको आधारमा पारित गर्न बैठकमा निर्णयार्थ प्रस्ताव पेस गरेका थिए । प्रस्तावको विपक्षमा कुनै सदस्यले पनि मत जाहेर नगरेपछि उनले सर्वसम्मत पारित भएको घोषणा गरे ।
टिप्पणीहरू