Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

    २६ जेठ, काठमाडौँ । बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको प्रेरणादायी प्रयास हो ।

    काठमाडौँको बानेश्वर स्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रहेको गीतका शब्द उनका पिता इ.प्रमोद खतिवडाले लेखेका हुन । सडक विभागमा कार्यरत इञ्जिनियर प्रमोद पेशाले प्राविधिक भए पनि साहित्य र संगीत प्रतिको अभिरुचिका कारण उनका कलमबाट यसअघि पनि विभिन्न भावनात्मक गीतहरू जन्मिइसकेका छन् ।

    Advertisement

    गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन, जसले परिधीको भावनात्मक स्वरलाई गहिराइ दिने काम गरेको छ । निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन । भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौँ वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।

    सिर्जनामा बालमनको कल्पना मात्र होइन, देशप्रतिको माया र सामाजिक सद्भावको भावनालाई पनि समेटिएको छ । राष्ट्रिय भावनाले भरिएको बाल गीत भएकोले, यस गीतले बाल चेतनामा देश प्रतिको माया र सद्भाव जागृत गराउने आशा गरिएको छ । गीतले न्यानो पारिवारिक सम्बन्ध सँगै देश र माटो प्रतिको समर्पणलाई सरल शब्द र मिठो धुन मार्फत उजागर गर्ने प्रयास गरेको छ ।

    Advertisement

    यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन । गायन, नृत्य, कविता वाचन, चित्रकला लगायत विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिधीको बहुप्रतिभा यस गीत मार्फत पुनः उजागर भएको छ ।

    बाल स्वर, सरल शब्द र राष्ट्रिय चेतनाले भरिएको यस गीतले दर्शक श्रोताको मन जित्ने विश्वास गरिएको छ ।

    Advertisement

    भिडियो लिंकः

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »