Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आन्दोलित बन्दै यातायात व्यवसायी, जेठ १९ देखि देशभर यातायात सेवा बन्द गर्ने चेतावनी

    Lokaantra

    १३ जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले देशभरको यातायात सेवा पूर्ण रूपले बन्द गर्ने चेतावनी दिएका छन् ।

    सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आयोजनामा आज काठमाडौंमा भएको पत्रकार सम्मेलनमा यातायात व्यवसायीहरुले यस्तो बताएका हुन ।

    Advertisement

    विभिन्न ८ वटा यातायात व्यवसायी संघ/संगठनहरूले यही जेठ १९ गतेदेखि यातायात सेवा बन्द गर्ने चेतावनी दिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल यातायात मजदुर संगठनले देशव्यापी रूपमा अनिश्चितकालीन यातायात बन्द गर्ने बताएका हुन् ।

    यातायात क्षेत्रमा देखिएका समस्या समाधान नभएको ठहर गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको व्यवसायीहरूको भनाइ छ । सरकारले वार्तामा बोलाएको र वार्ताबाट समाधान नआएमा आन्दोलनमै जाने उनीहरुले बताए ।

    Advertisement

    संघर्ष समितिले ७ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरिसकेको छ ।

    सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने गरेर सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को तत्काल खारेज गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

    Advertisement

    सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४ मा रहेको संघ समिति नवीकरण सम्पत्ति फुकुवाको परमादेश तत्काल कार्यान्वयन गर्नुपर्ने, सवारी ऐन २०४९ संशोधनको क्रममा रहेकाले यातायात व्यवसायीसँग विगतमा भएको सम्झौता सहमति र नेपाल सरकारबाट गठित कार्यदलका सुझाव प्रतिवेदन यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरूको माग छ ।

    यस्तै, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने, मालवाहक सवारीको भार बहन नियमन सम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भार बहन क्षमता कडाइका साथ लागू गर्नुपर्ने, बीमा दर निर्देशिका २०७३ लाई समयानुकूल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार राहतका लागि दुर्घटना राहत कोष स्थापना गरी यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने र छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्दा मालवाहक तथा यात्रुवाहक सवारी साधनले नेपालमा भन्सार नाकामै ७२ घण्टे सुविधा पाउने असमान नीति तत्काल संशोधन गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »