Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पेस्तोल र एक राउण्ड गोली सहित दुई जना पक्राउ

    ८ जेठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट पेस्तोल, गोली र म्याग्जिन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मेड इन युएसए लेखिएको एक थान पेस्तोल, १ राउण्ड गोली र १ थान म्याग्जिन सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

    उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । उनीहरुलाई पक्राउ गरेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »