८ जेठ, बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६, जयसपुरस्थित सीमा प्रहरी चौकीमा आयोजित नागरिक संवाद कार्यक्रममा लिमरा खबरका पत्रकार मंसूर अली इदरीसीलाई सम्मान गरिएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार इदरीसीलाई समाजमा लुकेका दबिएका आवाजहरूलाई उजागर गर्दै सम्बन्धित निकायसम्म पुर्यासएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको हो।
Advertisement
उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगर, सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी हेडक्वाटरका गणपति शोभाकान्त खनाल, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट लगायत विभिन्न वडाका निर्वाचित वडा अध्यक्षहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले सञ्चारकर्मीहरू समाज परिवर्तनका संवाहक हुन् भन्दै पत्रकार इदरीसीले गरेको कार्य सराहनीय रहेको बताएका थिए।
टिप्पणीहरू