११ बैशाख, काठमाडौँ । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन् ।
२०८१ वैशाख १ गतेदेखि चैत मसान्त सम्म प्रेस काउन्सिलको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ६४ घटना देखिएका छन् । प्रेस काउन्सिल अनुसार यी मध्ये धम्की, दुर्व्यवहारका सबै भन्दा बढी घटनाहरु रहेका छन् ।
Advertisement
धम्की र दुर्व्यवहारका सबैभन्दा बढी २३ घटना रहेको काउन्सिलको तथ्यांकले देखाउँछ ।
यस एक वर्षको अवधिमा हत्याको एक घटना र शङ्कास्पद मृत्युको दुई घटना भएको पाइएको छ । यस्तै, कुटपिट, आक्रमणका १८, पेसागत असुरक्षा ११, हत्या प्रयास, गिरफ्तारी चार र कब्जा, अवरोधका चार घटना रहेका छन् । यस अवधिमा पत्रकार विस्थापनको एक घटना भएको पाइएको काउन्सिलका प्रवक्ता एवं निमित्त मुख्य अधिकृत दीपक खनालले जानकारी गराए ।
Advertisement
प्रदेशअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ घटना भएको छ । मधेस प्रदेशमा १९, कोशीमा १०, सुदूरपश्चिममा छ, कर्णाली र गण्डकीमा दुई/दुई घटना भएको छ ।
अनुगमनका क्रममा एक वर्षमा लुम्बिनी प्रदेशमा प्रेस स्वतन्त्रता हननका घटना भएको देखिएको छैन ।
Advertisement
यस अवधिका घटनामा ६९ पुरुष र आठ जना महिला पीडित भएका छन् ।
प्रेस स्वतन्त्रता अनुगमन तथा मिडिया प्रवर्धन महाशाखा अन्तर्गत रहेको प्रेस स्वतन्त्रता अनुगमन तथा कानुन शाखाले देशभरका सञ्चार माध्यम र पत्रकारको अवस्थाबारे नियमित अनुगमनका साथै श्रमजीवी पत्रकारका उजुरी / निवेदनको सुनुवाइ गर्दैआएको छ । काउन्सिल प्रेस स्वतन्त्रताको रक्षाका साथै सोको दुरुपयोग हुन नदिन समेत सदैव सक्रिय रहँदै आएको निमित्त मुख्य अधिकृतले बताए ।


















टिप्पणीहरू