Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पत्रकार सुरेश रजकको १३ औं दिनको पुण्यतिथिको अवसरमा दीप प्रज्वलन

    २७ चैत्र, बाँके । पत्रकार सुरेश रजकको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासङ्घ बाँकेले दीप प्रज्वलन गरेको छ ।

    बुधबार नेपालगन्जको बिपि चोकमा एक कार्यक्रम आयाेजना गर्दै रजकको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

    Advertisement

    पत्रकार महासंघले आयोजना गरेको दीप प्रज्वलनमा बाँकेका पत्रकारहरू उपस्थित भएका थिए। उनीहरूले सञ्चारकर्मी माथि भएको आक्रमणको विरोधमा चरणबद्ध दबाब दिने बताएका छन्।

    कार्यक्रममा पत्रकार रजकको हत्या भएको दाबी गर्दै हत्यारा पत्ता लगाएर कारबाही गरिनुपर्ने माग राखिएको छ ।

    Advertisement

    गत चैत्र १५ गते राजावादीहरूको प्रदर्शन रिपोर्टिङ गर्न फिल्डमा खटिँदा उनी घरभित्रै जलेको अवस्थामा फेला परेका थिए।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »