Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पत्रकार र सञ्चारमाध्यम माथिको आक्रमण विरुद्ध नेपालगञ्जमा विरोध प्रदर्शन

    १६ चैत्र, बाँके । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।

    हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।

    Advertisement

    उक्त घटनाको विरोध स्वरुप आज साझा बाँकेका सम्पूर्ण कलमजिवी पत्रकारले एकबद्धता जनाउदै विपीचोकमा प्रदर्शन गरेका हुन ।

    प्रदर्शनपछि विरोध सभामा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नविन गिरीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

    Advertisement

    प्रदर्शनमा उत्रिएका पत्रकारले पत्रकार र सञ्चारमाध्यम माथिको आक्रमण अक्षम्य अपराध भएको बताएका छन् ।

    यसक्रममा प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, नेपाल प्रेस युनियन बाँकेका प्रियास्मृति ढकाल लगायतका पत्रकारले घटनाको विरोध गर्दै अराजक तत्वलाई तत्काल कारवाहीको माग गरेका हुन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »