Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज स्थित टाँगास्टेण्डबाट अबैध भारतीय औषधि बरामद

    ३० माघ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित ताँगा स्टेण्ड नजिकैबाट प्रहरीले ठूलो परिमाणमा अवैध भारतीय औषधि बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त अपरेशनमा २६ प्रकारका ठूलो परिमाणमा अवैध महँगो भारतीय औषधि बरामद गरिएको हो ।

    प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा गरिएको अपरेशनमा बिना बिल–बिजक नेपाल भित्र्र्याइएका औषधि बरामद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती औषधिहरू तस्करीमार्फत ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

    Advertisement

    प्रहरी स्रोतका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको निर्देशनमा भएको अपरेशनमा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमको टोली सक्रिय रुपमा सहभागी थियो । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा ऋयलतचबअत भ्हउचभकक ऋयगचष्भच त्रिभुवन चौकको कार्यालय अगाडि सडक पेटीमा लुकाइएका औषधि फेला पारिएको हो । बरामद औषधिको बजार मूल्य करिब ३ लाख १४ हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

    नेपालगञ्ज भारत संगको प्रमुख सीमा नाका जमुनाहा नजिकै भएकाले यहाँ गैरकानुनी रूपमा औषधि ओसारपसार हुने गरेको पाइएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा भारतबाट राजस्व छलि गरी यी औषधिहरू नेपाल भित्र्याइएको अनुमान गरिएको छ ।

    Advertisement

    स्थानीय बासिन्दाका अनुसार भारतबाट तस्करी गरी ल्याइएका औषधिहरू कुरियरमार्फत सुर्खेत, दाङ, दैलेख हुँदै काठमाडौँ सम्म पुर्याइने गरेको तथ्य खुलेको छ । प्रहरीले गैरकानुनी रूपमा औषधि ओसारपसार गर्ने व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि अनुसन्धान अगाडि बढाएको छ ।

    प्रहरी निरीक्षक अरुण बमका अनुसार यस्ता अवैध गतिविधि रोक्न निगरानी अझ कडा पारिनेछ। सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै औषधि तस्करी गर्ने गिरोह बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »