Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लागुऔषध सहित ४ जना पक्राउ

    २९ पुष, बिराटनगर । मोरङ र उदयपुरबाट लागुऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    आइतबार मोरङको बिराटनगर–१५ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री सुन्दरहरैचा नगरपालिका–७ का २२ बर्षीय विवश राई र २७ बर्षीय निरज चौधरीलाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

    Advertisement

    उनीहरुको साथबाट १ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर–१६ बाट प्रदेश १–०२–०५२ प ७७१९ नम्बरको स्कुटर चालक बिराटनगर–८ का २७ बर्षीय निर्दोष शिवाकोटी र पछाडि सवार बिराटनगर–६ का २८ बर्षीय आषिश गिरीलाई लुपिजेसिक, डाइजापाम, फेनरागन र एभिल गरि जम्मा २० एम्पुल सहित नियन्त्रणमा लिएको हो ।

    यस्तै, उदयपुरको बेलका नगरपालिका–७ स्थितबाट बेबारीसे अबस्थामा रहेको ५० किलोग्राम गाँजा अस्थायी प्रहरी पोष्ठ मैनामैनीले बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »