२६ पुष, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया भएको छ ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको सभापतित्वमा भएको अन्तरक्रियामा विजयनगर गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी देवी चौधरीले सरसफाई आफैबाट सुरु गरि वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने र पालिकाबाट सरसफाई सम्बन्धी कार्यक्रम वृहत रूपमा निरन्तरता दिने बताइन ।
Advertisement
कार्यक्रममा बोल्दै कालिका स्वालंबनकी कमला शुक्लाले पोषण र पोसिलो कार्यक्रम संचालन गर्दै गर्दा आफुले सरसफाई सम्बन्धी कार्यक्रममा हातेमालो गर्दै आएको बताइ ।
सरसफाई तथा खानेपानी शाखाका अर्जुन बेल्वासेले विजयनगर गाँउपालिकाको कुल घरधुरीको संख्या ६८१०, शौचालय भएको ५०७४, शौचालय नभएको १७३६ घरधुरी रहेको जानकारी गराए ।
Advertisement
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले सरसफाई सम्बन्धी चनचेतना अझै जगाउनुपर्ने आवश्यकता रहेको बताउदै आफूले गरेको फोहोर आफैले सफा गर्ने बानीको विकास हुनुपर्ने आवश्यकता रहेको बताए ।
यस्तै, विजयनगर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम अर्यालले सरसफाई अभियान निरन्तर चल्ने बताउदै प्रधानाध्यापक र शिक्षक तथा सम्पूर्ण सरोकारवालाले आ–आफ्नो क्षेत्रमा आफै निरिक्षण गरेर सरसफाई तथा शौचालय बनाउन र प्रयोग गराउन पहल गर्नुपर्ने बताए ।
Advertisement
अध्यक्ष थापाले सरसफाई भनेको वृहत कार्यक्रम रहेको बताउदै पालिकाले विशेष अनुदानबाट लगभग छ करोड खर्च भइसकेको, सहभागीबाट उठेका सुझाव लाई आत्मसात गरिने, सेसन करूणा तथा कालिका संस्थाले पनि पालिकासंग समन्वय गरेर सरसफाई क्षेत्रमा राम्रो योगदान दिएको, शौचालय बनाउन तथा प्रयोग गर्न सबैले आत्मसात गरि तिब्रताका साथ लाग्नुपर्ने बताए ।
कार्यक्रममा वडाध्यक्ष प्रेम बहादुर कलवार, अनवार अहमद, शिक्षक, स्थानीय, स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, स्थानीय लगायत विभिन्न संघ संस्थामा आबद्ध सहकर्मीहरूको सहभागिता रहेको थियो ।
टिप्पणीहरू