२३ पुष, बाँके । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ राप्तीसोनारी–४ मा यही पुष २७ गते माघ मिलन कार्यक्रम हुने भएको छ ।
थारु समुदायको महान पर्व माघको अवसरमा राप्तीसोनारी–४ मा माघ मिलन कार्यक्रम हुने भएको हो । थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा हुने माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
Advertisement
माघ मिलन कार्यक्रममा १५ बढि गाउँका विभिन्न खालका थारु संस्कृति झल्कने नृत्य जस्तै मघौटा, हुरदुङ्ग्वा, छोक्रा, डफ, लठ्ठहवा, झुम्रा लगायतका नृत्य हुने थारु कल्याणकारिणी सभा बाँकेका सभापति संगिता थारुले बताइन ।
माघ मिलन कार्यक्रममा थारु परिकार जस्तै ढिक्री, घोघी, खुर्सानीको चटनी, बंगुरको मासु, जाँडको स्वाद समेत लिन सकिने सभापति थारुले जानकारी गराइन । माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने उनले बताइन ।
Advertisement
माघ मिलन कार्यक्रममा आउने कलाकारहरु गायक खेम भौगोरिया, गायीका श्रीदेवी थारु, गायीका सञ्जिता सुन कुशुम्या लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रमको उदघाटन तथा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी रहने आयोजकले जनाएको छ ।
माघ मिलन कार्यक्रममा थारु समुदायमा योगदान पुर्याएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, बुद्धिजिवी, शिक्षक, पत्रकार, खेलाडी, कर्मचारी लगायतलाई सम्मान समेत गर्ने सभापति थारुले बताइन ।
टिप्पणीहरू