Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

    २० पुष, काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि गम्भीर बिरामी भएका पुडासैनीलाई चाबहिल हेल्पिङ हन्ड्स अस्पतालले मृत घोषित गरेको हो ।

    कोठामै बेहोस भएर ढलेका ३३ वर्षीय पुडासैनीको गएराति अस्पतालमा निधन भएको पत्रकार नवराज कुँवरले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार केही दिनयता छातीमा समस्या आएपछि नियमित स्वास्थ्य परीक्षण तथा उपचार गराइरहेका उनी शुक्रबार राति डेरामा बेहोस भएर ढलेका थिए ।

    छिमेकीले प्रहरीलाई खबर गरेलगत्तै अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    Advertisement

    नुवाकोट घर भएका पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए ।

    उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »