Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मालपोत तथा नापी कार्यालय सार्ने निर्णय विरुद्ध सरकारलाई ज्ञापनपत्र

    १४ पुष, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा रहेको मालपोत तथा नापी कार्यालय बाणगंगा नगरपालिका बोर्डगाँउमा लैजाने विषयमा जनमत पार्टीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

    नेपाल सरकार मन्त्रीपरिषदको पुष ९ गते बसेको बैठकबाट मालपोत कार्यालय तथा नापी कार्यालयको शाखालाई वाणगंगा नगरपालिका अर्न्तगत सार्ने निर्णय विरुद्ध ज्ञापन पत्र बुझाउदै समुदायको आधारमा भेदभाव श्रृजना गर्ने गरिएको निर्णयको रुपमा ग्रहण गरेको जनमत पार्टीले जनाएको छ ।

    Advertisement

    प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्याल मार्फत आइतबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबारलाई ज्ञापनपत्र बुझाएको जनमत पार्टी कपिलवस्तुका ईन्चार्ज रियाज खानले जानकारी गराए ।

    कपिलवस्तुलाई जिल्लाको सदरमुकाम तौलिहवामा परापुर्व देखि कार्य सम्पादन गर्दै आएको मालपोत तथा नापी कार्यालयलाई यथावन स्थानमा राख्न जनमतले जोडजार माग गरेको छ ।

    Advertisement

    उक्त पार्टीले सरकारको निर्णयलाई वर्ग विरोधी निर्णय समेत जनाउदै निर्णय फिर्ता गर्न जोडदार माग समेत गरेको छ । सरकारले यो निर्णय फिर्ता नगरे जनमत विरोध स्वरुप आन्दोलनमा आउने चेतावनी समेत दिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »