२१ कात्तिक, बाँके । तिहार सकिएसँगै तराईका जिल्लाहरुमा छठ पर्वको तयारी सुरु भएको छ ।
बाँके, कपिलवस्तु, नवलपरासी, लगायत छिमेकी राष्ट्र भारतको बिहार राज्य संग जोडिएका सीमावर्ती जिल्ला रौतहट, विरगञ्ज, सर्लाहरी, सिरहा, सप्तरी, झापालगायतमा भब्य रुपमा छठ पर्व मनाईन्छ ।
Advertisement
बाँकेको नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको ताल किनारमा प्रत्येक वर्ष आकर्षक रुपमा छठ घाट निर्माण गरी विधिवत रुपमा छठ पर्व धुमधामका साथ मनाईन्छ ।
तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउने लगायत काम पनि भइरहेको छ ।
Advertisement
अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णामाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ ।
Advertisement
कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।
टिप्पणीहरू