Close sidebar
  • ताजा
  • लोकप्रिय
  • डुडुवामा ९७१ जनाको निःशुल्क आँखा जाँच

    १४ कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. १ चौफेरीमा सञ्चालन गरिएको शिविरमा दुई सय पाँच जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

    भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कात्तिक १३ र १४ गते सञ्चालन गरिएको शिविरमा ९३ जना पुरुष र एक सय १२ जना महिलाको निःशुल्क आँखा जाँच गरिएको हो ।

    Advertisement

    कार्यक्रम संयोजक वृजेश मिश्र अनुसार दुई सय पाँच जना मध्ये ४० जनालाई मोतियाबिन्दको समस्या देखिएको छ । जसमा १८ जना पुरुष र २२ जना महिला रहेका छन ।

    सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।
    यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।

    Advertisement

    गत कात्तिक १ गते देखि सञ्चालन गरिएको शिविर मार्फत डुडुवा गाँउपालिकाबाट नौ सय ७१ जनाले आँखा जाँच गराएका छन ।

    कार्यक्रम संयोजक मिश्र अनुसार डुडुवामा कुल दुई सय २७ जना मोतियाबिन्दको समस्या देखिएको हो । जसमा एक सय २० जना पुरुष र एक सय सात जना महिला रहेका छन ।

    Advertisement

    किभा फाउन्डेसनका महासचिव अजय पाठकले डुडुवा लगत्तै अब अन्य पालिकामा समेत शिविर सञ्चालन गर्ने बताए । उनले यो अभियान नियमित सञ्चालन रह्ने बताए । अन्य स्थानका लागि तिहार पछि कार्यतालिका सहित कार्यक्रम सार्वजनिक गरिनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »