Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज दुर्गा भवानीको मूर्ति विसर्जन गरिदैँ

    २७ असोज, बाँके । नेपालगञ्ज सहित बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिको आज विधिवतरुपमा विसर्जन गरिदैँछ । घटस्थापना देखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति विजयादशमी सकिए लगत्तै आज विसर्जन गरिन लागिएको हो ।

    नेपालगञ्जमा मात्रै दुई सय बढी दर्गा भवानीको मूर्ति राखिएको छ । नेपालगञ्जका विभिन्न चोक, चौरहा, गल्लीहरुमा दुर्गा भवानीको प्रतिमा (मर्ति) राखेर विधिवत रुपमा पूजाअर्चा पछि आज विसर्जन गर्न लागिएको हो ।

    Advertisement

    बाँकेमा स्थापना गरिएका दर्गा भवानीको मुर्ति सिधनिया घाट, अगैया, मानखोला लगायतका घाटमा लगेर विसर्जन गरिने तयारी छ ।

    ट्रक, ट्याक्टर लगायत सवारीसाधनमा मूर्ति राखेर भब्य रुपमा बाजागाजा र विशाल र्‍याली सहित विधिवत रुपमा विसर्जन गरिनेछ ।

    Advertisement

    मूर्ति विसर्जनलाई मर्यादित र शान्तिपूर्ण बनाउन बाँके प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्दै आएको छ । कुनै अप्रिय घटना हुन नदिन नेपालगञ्जमा बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिनेछ ।

    आज पनि मूर्ति विसर्जनलाई शान्तिपूर्ण बनाउन विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँके प्रहरीले जनाएको छ ।

    Advertisement

    बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार विसर्जन रुट सहित जिल्लाभर एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    बाँकेमा करिब ७ सय दुर्गा भवानीको मूर्ति स्थापना गरिएको अनुमान छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »