Close sidebar
  • ताजा
  • लोकप्रिय
  • छविलाल जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप

    ७ असोज, काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रा.लि.का पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई पाँच दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

    जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि आज न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । उनलाई आइतबार प्रहरीले पक्राउ गरेर पोखरा लगेको थियो ।

    Advertisement

    सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई आज प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

    गोरखा मिडियामा रहँदा सहकारीको रकम अपचलन सम्बन्धमा जोशी सहित चार जनालाई दोषी ठहर गर्दै सहकारी छानवीन संसदीय समितिले सिफारिस गरेको थियो । समितिको सिफारिस कार्यान्वयन गर्ने क्रममा जोशी पक्राउ परेका हुन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »