२६ भदौ, बाँके । जिल्ला प्रशासन अन्र्तगत सुरक्षा समिति बाँकेले गेट सम्बन्धि सबै स्थानीय तहलाई गरेको सर्कुलरकाे विषयमा पछि हटेको छ ।
सार्वजनिक स्थलमा निर्माण गरिएका विभिन्न धार्मिक चाडपर्वहरु संग सम्बन्धित गेटहरुले सुरक्षा निकायहरुको समन्वय र सहयोगमा हटाउने व्यवस्था मिलाउन र साथै आगामी दिनहरुमा त्यस्ता संरचना कुनै पक्षबाट निर्माण गर्नु पर्नेमा पूर्व अनुमति लिने प्रशासनले सबै स्थानीय तहलाई लागु गराउन भदौ २५ गते पत्राचार गरेको थियो ।
Advertisement
Advertisement
व्यापक आलोचना र विरोध पश्चात सुरक्षा समितिले उक्त निणर्य सच्याएको छ । प्रशासनले गरेको उक्त निणर्य विरुद्ध हिन्दूवादी आक्रोशित बनेका थिए ।
धार्मिक चाडपर्वहरु संग सम्बन्धित गेटहरु निर्माणको कारण निर्माण स्थल र जिल्लाभरी नकारात्मक प्रभाव तथा धार्मिक द्वन्द निम्तिन सक्ने ठोकुवाका साथ जिल्ला प्रशासन कार्यालय बाँकेले सबै स्थानीय तहलाई पत्राचार गर्दै सुरक्षा निकायको समन्वय र सहयोगमा हटाउन निर्देशन दिएको थियो ।
Advertisement
गेटले द्वन्द बढ्ने ठोकुवाका साथ निणर्य बाहिर आउन साथ सुरक्षा समिति माथि हिन्दू समाज नै खनिएको थियो ।
नेपालगञ्जमा मोहम्मद डे को र्यालीका लागि रुट निर्धारण
Advertisement
जस पश्चात प्रशासनले निणर्य सच्याउदैँ विभिन्न धार्मिक समुदायबाट सञ्चालन गरिने धार्मिक र्याली एवम् कार्यक्रमहरूमा विभिन्न स्थानमा राखिने प्रवेशद्वाहरू (गेटहरु) निर्माण गर्दा विरामी बोकेका एम्बुलेन्स, पानीका सवारी साधन, सुरक्षा सँग सम्बन्धित सवारी साधन र दमकल जस्ता अत्यावश्यक सवारी साधनहरु सहजै प्रवेश गर्न सक्ने गरी निर्माण गर्ने जनाएको छ ।
साथै कार्यक्रम समापन भएपश्चात त्यस समुदायवाट बढीमा तीन दिन भित्र व्यवस्थापन गर्न निणर्य गरेको छ ।
यस अघि गेटहरु निर्माणको कारण नकारात्मक प्रभाव तथा धार्मिक द्वन्द निम्तिन सक्ने जस्तो गलत निणर्यलाई ढाकछोप गर्न सुरक्षा समितिले ‘अत्यावश्यक सवारी साधन सहजै प्रवेश हुने गरी निर्माण गर्न’ नाम दिएको छ ।
जबकी अत्यावश्यक साधनको उचाईबाट करिब दोब्बरको उचाईमा नेपालगञ्जमा गेट निर्माण हुने गरेका छन ।
टिप्पणीहरू