२६ भदौ, बाँके । बाँकेको नेपालगञ्जमा मोहम्मद डे को दिनका लागि रुट निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समिति बाँकेले इस्लामले मनाउने महान पर्व मोहम्मद डे का लागि रुट निर्धारण गरेको हो ।
भदौ ३० र ३१ गते मनाइने मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व मोहम्मद डे को अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरु र सुरक्षा निकायहरु बीच शुभकामना आदानप्रदान गर्दै विभिन्न निणर्य गरिएको छ ।
Advertisement
सामाजिक सद्भावको क्षेत्रमा क्रियाशील विभिन्न धार्मिक सद्भाव समितिका संयोजक तथा सदस्यहरुले आ-आफ्नो समूह अन्र्तगतका प्रतिनिधिहरुलाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र भ्रातृत्त्व कायम गर्दै हार्दिकताका साथ मैत्रीपूर्ण, भातृत्वपूर्ण एवंम शान्तिपूर्ण वातावरणमा मोहम्मद डे सम्पन्न गराउन सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने समेत निणर्य गरिएको हो ।
यस्तै, पर्व मनाउने सन्दर्भमा सार्वजनिक सडक तथा आवतजावत सुचारु हुने गरी मनाउने व्यवस्था गराउन सुरक्षा व्यवस्थापन खटिएका कमाण्डर एवंम सद्भाव समिति संयोजक तथा सदस्यहरुले समन्वय गर्ने निणर्य गरिएको हो ।
Advertisement
मोहम्मद डे मा जामा मस्जिदबाट र्याली शुरु हुने बुझिएको छ । वडा प्रहरी कार्यालय, फुल्टेका फैजाने मदिनाको घर पुगेर सोही वाटो फर्कीएर वडा प्रहरी, नयाँ सडक, एम.पी. स्कुल, भट्टाटोल हुदैँ सोही वाटो फर्कीदै एम.पी. स्कुल, रानी तलाउ, गगनगञ्ज, एकलैइनी हुँदै उद्योग वाणिज्य संघको कार्यालयबाट केही र्याली जोलाहनपुरवा र केही त्रिभुवन चोक हुदैँ नगर भवनबाट आउने र्यालीसँग मिलेर वि.पी. चोक, धम्बोझी चोक, घरबारीटोल, बागेश्वरीटोल, त्रिवेणीमोड, सेतुविक चोकबाट न्यूरोड हुँदै त्रिवेणीमोडमा पुगेर सबै र्याली गौसिया मस्जिद पुगेर समापन गर्ने सुरक्षा समितिले रुट निर्धारण गरेको हो ।
टिप्पणीहरू