Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जसपा नेपालमा चाप्लुस र षड्यन्त्रकारीको आदर हुन्छः महासचिव राई

    तस्बिर : नाईल खबर

    १३ भदौ, बाँके । पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका महासचिव मोहम्मद ईस्तियाक राईले जसपा नेपालमा काम गर्नेको कदर नभएको बताएका छन ।

    उनले जसपा नेपालमा चाप्लुस र षड्यन्त्रकारीहरूको मात्रै आदर हुने गरेको अभिव्यक्ति दिएका छन ।

    बुधबार सोसल मिडिया फेसबुकमा पोस्ट गर्दै यस्तो आक्रोश व्यक्त गरेका छन । उनले भनेका छन, ‘हामीले भोगेरै भनेका हौं की जसपा नेपालमा काम गर्नेको कदर हुँदैन, चाप्लुस र षड्यन्त्रकारीहरूको आदर हुन्छ ! विधि-विधान र लोकतान्त्रिक मूल्य-मान्यताको कुनै अर्थ हुँदैन, स्वेच्छाचारी र निरंकुशताको बोलबाला हुन्छ । उपेन्द्र यादवको नेतृत्वमा रहेको पार्टी (अहिलेको जसपा नेपाल) भित्र यो सुरुआतदेखि नै देखिँदै आएको रोग हो ।’

    Advertisement

    उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पछिल्लो स्वेच्छाचारी प्रहार (षड्यन्त्रपूणर् केन्द्रीय पदाधिकारी/कार्यकारिणी र सदस्यहरू चयन) ले यो रोग अब निको नहुने गरी फैलिइसकेको बताएका छन ।

    संगठन मजबुत पार्ने योगदानकर्ताहरूको अपमान गर्ने जसपा नेपालमा नियति नै बनिसकेको हुनले उपेन्द्र यादव ‘नेता’ रहँदासम्म अब त्यहाँ सङ्घर्ष, पद्दति र विधि-प्रक्रियाले कुनै स्थान पाउने सम्भावना नरहेको महासचिव राईले बताए ।

    Advertisement

    उनले लेखेका छन, ‘हामीलाई कस्तो उकुसमुकुसमा पारिएको थियो र सिध्याउनै भनेर कसरी जालझेल रचिएको थियो भन्ने आधारहरू अहिले जसपा नेपालकै कयौं साथीहरूले आफ्ना असन्तुष्टिहरू मार्फत अभिव्यक्त गरिरहनुभएको छ । हामी फेरि पनि भन्छौं, उपेन्द्र यादवको निरंकुशताका अगाडि कसैको संङ्घर्ष र सामर्थ्यको सुनुवाइ हुने गुन्जाइस छैन। यो कुरा बुझ्न हामीले धेरै महत्वपूर्ण समय गुमाएकोमा थोरबहुत अफसोस र दुख पक्कै छ, कामना गर्छौं- त्यहाँ अन्यायमा परेका साथीहरूले थप दुखमनाउ गर्नु नपरोस !’

    विभाजन र नेताहरू लगातार बहिर्गमन भइरहनु उपेन्द्र यादव नेतृत्वको पार्टीमा नियमित आकस्मिकता जस्तै भइसकेको महासचिवको भनाई छ ।

    Advertisement

    उनले मधेश तथा आदीवासी-जनजाति र जनयुद्द लगायत आन्दोलनका प्रभावशाली नेतृत्वकर्ता किशोर विश्वास, भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल,अमर यादव, विजयकुमार गच्छदार, जेपी गुप्ता, सरिता गिरि, महन्थ ठाकुर, बाबुराम भट्टराई, अशोक राई जस्ता व्यक्तित्व र उनीहरूको विचार समूहको अवमूल्यन गर्दै विभाजनमा धकेल्ने उपेन्द्र यादवको निरंकुश शैलीबाट भविष्यमा पनि विभाजन र बहिर्गमनका अरू अध्यायहरू थपिने निश्चित रहेको बताएका छन ।

    अधिकार प्राप्तिको आन्दोलनमा प्राण उत्सर्ग गर्ने शहीद र तिनका परिवारहरूको समेत सम्मान नगर्ने र उल्टै उनीहरूलाई भजाएर निरन्तर आफ्नो स्वार्थसिद्धिमा लागेका आरोप लगाउदैँ उपेन्द्र यादव र उनको पार्टीको पतन अवश्यम्भावी रहेको उनले बताए ।

    Advertisement

    उनले भनेका छन, ‘मधेसको मुद्धालाई विगतदेखी नै भजाएर आफ्नो स्वार्थ पूर्ति गर्ने उपेन्द्र यादवको निरकुंश र स्वच्छाचारी प्रवृतीलाई अझैपनि कहिलेसम्म सहेर बस्ने साथीहरु ? पार्टीभित्रको अलोकतान्त्रिक, स्वच्छाचारी र तदर्थवादमा रमाउने उपेन्द्र यादव प्रवृतिलाई चिर्न तपाईहरुले अव आफ्नो विवेक प्रयोग गर्ने बेला आएको छैन र ? पार्टीभित्र अध्यक्षको हैकमवादी र एकलौर्टी निरंकुशवादी चरित्र सहेर आफुहरुलाई परेको अन्याय र अत्याचारविरुद्ध बोल्न सक्नुहुन्न भने आम नागरिकको हित र उनीहरुले सदियौदेखी भोग्दै आएका दुखः, पिडा र अत्याचारविरुद्ध कसले आवाज उठाउने ?’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »