११ भदौ, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानको दक्षिण तिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहँदा कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्र्तगत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास मौसम विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा छ ।
आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
Advertisement
कोशी, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै, राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोशी, बागमती, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
टिप्पणीहरू